images
images

नेपालले पायो १३५ रनको लक्ष्य, कुशल मल्लले लिए ३ विकेट 


  • 350
    SHARES
  • २०८० कार्तिक १७ गते शुक्रबार

    नेपालले पायो १३५ रनको लक्ष्य, कुशल मल्लले लिए ३ विकेट 

    काठमाडौं । नेपालले यूएई विरुद्ध १३५ रनको लक्ष्य पाएको छ । आज मुलपानीको क्रिकेट स्टेडियममा भएको आईसीसी टी २० विश्वकप एशिया छनोटको सेमिफाइनल खेलमा यूएईले १३४ रन बनाउँदै नेपाललाई १३५ रनको लक्ष्य दिएको हो । 

    टस जितेर पहिले ब्याटिङ रोजेको यूएईले २० ओभरमा ९ विकेट गुमाएको छ । यूएईका वृत्या अरविंदले सर्वाधिक ६४ रनको योगदान दिए । त्यस्तै, मोहम्मद वसिमले २६, अलीशान शरफूले १६ रन र आसिफ खानले १३ रनको योगदान दिए । अन्य खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन् ।  

    नेपालका लागि कुशल मल्लले ३ विकेट, सन्दिप लामिछानेले २ सोमपाल कामी र रोहित पौडेलले १/१ विकेट लिए । 


    images
    images

    Logo