images
images

विमानस्थलमै कुटाकुट गरेपछि तारा एयरका दुई पाइलट निलम्बित


  • 335
    SHARES
  • २०८० कार्तिक १७ गते शुक्रबार

    विमानस्थलमै कुटाकुट गरेपछि तारा एयरका दुई पाइलट निलम्बित

    काठमाडौं । रामेछापस्थित मन्थली विमानस्थलमा हात हालाहाल गर्ने दुई पाइलटलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले ग्राउण्डेड (निलम्बन) गरेको छ ।

    प्राधिकरणका अनुसार तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स निलम्बन भएको हो । उनीहरुबारे थप अनुसन्धान हुने र कारवाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ ।

    आज बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गराएका ती पाइलटबीच जहाजबाट झरेपछि हात हालाहाल भएको थियो । उनीहरुबीच व्यक्तिगत कारणले झगडा भएको बताइएको छ ।


    images
    images

    Logo