काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । शुक्रबार प्रतितोला १ लाख १५ हजार ९ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विहबिार प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १५ हजार ९ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । विहबिार पनि सुनको मूल्य ७ सय रुपैयाँले बढेको थियो ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ३ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।