images
images

सुनचाँदी पसलमा प्रहरीको छापा, ४० केजी चाँदीसहित सञ्चालक पक्राउ


  • 553
    SHARES
  • २०८० कार्तिक १६ गते बिहीबार

    सुनचाँदी पसलमा प्रहरीको छापा, ४० केजी चाँदीसहित सञ्चालक पक्राउ

    काठमाडौं । विराटनगरस्थित पशुपति सुनचाँदी पसलका सञ्चालक विश्वजीत जाना ४० केजी चाँदीसहित पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र विराटनगर भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले विराटनगर ११ पिचरास्थित पसलबाटै पक्राउ गरेको हो ।

    उक्त पसलमा छापा हानेर तस्करीको चाँदीसहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बरामद गरेको चाँदीका गरगहना अहिले भन्सार कार्यालयमा राखिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । 

    चाँदीको एकिन परिमाण भने तौलिएपछि मात्रै थाहा हुने कार्यालयले जनाएको छ । 


    images
    images

    Logo