images
images

१५ फर्ममाथि वाणिज्य विभागको अनुगमन, ४ पसललाई ५५ हजार जरिवाना 


  • 290
    SHARES
  • २०८० कार्तिक १६ गते बिहीबार

    १५ फर्ममाथि वाणिज्य विभागको अनुगमन, ४ पसललाई ५५ हजार जरिवाना 

    काठमाडौं ।  वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षणले बुधबार १५ फर्ममाथि अनुगमन गरेको छ । बुधबार बजार अनुगमनको क्रममा विभागले इलेक्ट्रिकल÷इलेक्ट्रोनिक्स, रेडिमेड तथा थान कपडा, पेट्रोल डिजल मट्टीतेल, र अन्य पसललाई कारवाही गरेको हो । 

    विभागको संयुक्त अनुगमन टोलीले बिल बिजक, दर्ता प्रमाण–पत्र राख्नु पर्ने नराखेको र दर्ता प्रमाण पत्र नराखेको गुणस्तर, परिमाण, मुल्य, नापतौलमा हेरफेर गरेको र अनुगमनको क्रममा असहयोग गरेको अभियोगमा सम्बन्धित पसलबाट यो परिमाणमा आर्थिक जरिवाना गरेको हो ।

    बुधबार १५ वटा व्यापारिक प्रतिष्ठानमा अनुगमन गरिएको थियो । यसमध्ये कैफियत भेटिएको ४ व्यापारिक प्रतिष्ठानलाई ५५ हजार रुपैयाँ  जरिवाना तिराएको छ भने अन्यलाई सुधार गर्न निर्देशन दिइएको छ ।

    विभागले मखनगल्लीमा रहेको अन्य पसललाई २० हजार रुपैयाँ जरिवाना गरेको छ भने मैतिदेवीमा रहेको इलेक्ट्रिकल ÷ इलेक्ट्रोनिक्स पसलालई र मखनमा रहेको रेडिमेड तथा थान कपडा पसललाई १०÷१० हजार रुपैयाँ जरिवाना गरेको छ । 

    त्यस्तै, सुर्यविनायकमा रहेको पेट्रोल डिजल मट्टीतेल पसललाई १५ हजार रुपैयाँ जरिवाना गरेको छ ।  नियमित अनुगमनका क्रममा विभागले विभिन्न पसललाई कागजातसहित विभागमा उपस्थित हुन भनेको छ भने कतिपयलाई सामान्य निर्देशन दिएको छ ।


    images
    images

    Logo