images
images

ओमानले नेपाललाई ५ रनले हरायो, सेमिफाइनलमा यूएईसँग भिड्ने


  • 506
    SHARES
  • २०८० कार्तिक १६ गते बिहीबार

    ओमानले नेपाललाई ५ रनले हरायो, सेमिफाइनलमा यूएईसँग भिड्ने

    काठमाडौं । ओमानले नेपाललाई ५ रनले हराएको छ । आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको टी–२० विश्वकप एशिया छनोट खेलमा नेपालले ओमानले दिएको १४५ रनको लक्ष्य ५ रनले नभेटेको हो । 

    नेपालले निर्धारित २० ओभरमा १० वटै विकेट गुमाएर १४० रन बनाएको छ । 

    नेपालका तर्फबाट विवेक यादवले ३९, कुशल भुर्तेलले २६, करण केसीले १५, रोहित पौडेल र सन्दिप जोराले १२/१२ रनको योगदान दिएका थिए । 

    समूह ‘बी’ मा २२ रनले हङकङलाई हराउँदै यूएई विजेता बनेको छ । 

    आज ओमानसँग पराजित भएसँगै नेपालले सेमिफाइनलमा समूह ‘बी’ का विजेता यूएईसँग भिड्ने छ । 


    images
    images

    Logo