images
images

नेपाललाई ओमानले दियो १४६ रनको लक्ष्य


  • 261
    SHARES
  • २०८० कार्तिक १६ गते बिहीबार

    नेपाललाई ओमानले दियो १४६ रनको लक्ष्य

    काठमाडौं । आइसिसी टी–२० विश्वकप एसिया छनोटमा नेपाललाई ओमानले १४६ रनको लक्ष्य दिएको छ ।  त्रिवि क्रिकेट मैदान,कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको हो । 

    ओमानका कप्तान जिसन मक्सदले ३२, नसिम खुसीले २५, प्रतीक अथावालेले २४ रन र सकिल अहमेदले २२ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

    नेपालका करण केसीले सर्वाधिक ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट लिए भने अविनाश बोहोराले एक विकेट लिए । 


    images
    images

    Logo