images
images

२१.६० अर्ब पुँजी भएको निफ्राले कमायो ४१ करोड


  • 598
    SHARES
  • २०८० कार्तिक १६ गते बिहीबार

    २१.६० अर्ब पुँजी भएको निफ्राले कमायो ४१ करोड

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले तीन महिनामा ४१ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले प्रकाशन गरेको आर्थिक वर्ष २०८०–८१ को पहिलो त्रैमासको वित्तीय विवरण अनुसार निफ्राले ४१ करोड ३९ लाख रुपैयाँ खुद आम्दानी गरेको हो । यो वार्षिक आधारमा प्रतिशेयर ७.६६ रुपैयाँ हो । 

    हाल निफ्राले ८२ करोड निक्षेप संकलन तथा १८ अर्ब ९३ करोड ऋण प्रवाह गरेको जनाएको छ । बैंकको निष्क्रिय कर्जा अनुपात शुन्य प्रतिशत, कस्ट अफ फण्ड ७.६५ प्रतिशत तथा पुँजीकोष अनुपात ९४.६७ प्रतिशत रहेको छ । 

    हाल २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकसँग रिजर्भमा २ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । 


    images
    images

    Logo