images
images

प्रस्तावित क्यानडाका राजदूत पौडेलको संसदीय सुनुवाइ प्रक्रिया सुरु


  • 289
    SHARES
  • २०८० कार्तिक १५ गते बुधबार

    प्रस्तावित क्यानडाका राजदूत पौडेलको संसदीय सुनुवाइ प्रक्रिया सुरु

    काठमाडौं । सङ्घीय संसद् सुनुवाइ समितिले प्रस्तावित क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेलको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।

    समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले प्रस्तावित राजदूत पौडलको सुनुवाइ प्रक्रिया अघि बढाउने सिलसिलामा १० दिने सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको हो ।

    परराष्ट्र मन्त्रालयका सचिव पौडेललाई मन्त्रिपरिषद्को यही कात्तिक २ गते बैठकले क्यानडाका लागि राजदूत नियुक्त गर्न सिफारिस गर्दै संसदीय सुनुवाइका लागि समिति पठाएको थियो । उनलाई उक्त पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाणसहित १० दिनभित्र सूचना वा उजुरी दिन अनुरोध गर्दै सबैको जानकारीका लागि सार्वजनिक सूचना प्रकाशित गर्ने समितिले निर्णय गरेको हो ।

    सरकारले उनलाई क्यानडाका लागि आवासीय राजदूत एवं क्यूवा, जमैका, डोमिनिकन रिपब्लिक र हाइटीका लागि गैरआवासीय राजदूत तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ)का लागि स्थायी प्रतिनिधिका लागि सिफारिस गरेको छ ।


    images
    images

    Logo