काठमाडौं । माझी बस्तीको जग्गा लिलाम नगर्न लक्ष्मी बैंकलाई उच्च अदालत, पाटनले आदेश दिएको छ । न्यायधीश रमेश राज पोखरेलको एकल इजलासले कार्तिक २४ गते छलफलका लागि बोलाएर हालका लागि बस्तीको जग्गा लिलाम नगर्न अन्तरिम आदेश दिएको हो ।
माझी बस्तीमा सनराइज बैंक गरेको ऋण लगानी समयमा भुक्तानी नभएपछि सो बैंकले बस्तीको लिलामी प्रक्रिया अघि बढाएको थियो । तर, बैंकको उक्त गैरकानूनी भएको भन्दै निवेदकहरुले लिलामी प्रक्रिया रोक्ने अन्तरिम आदेशको मागसहित अदालतमा मुद्दा दायर गरेका थिए ।
अदालतले बैंक र बस्ती निर्माण गर्ने स्वेताश्री फाउण्डेसनबीचको सम्झौताको बारेमा समेत छलफल गरी निष्कर्षमा पुग्नुपर्ने देखिएको अदालतको आदेशमा उल्लेख छ ।
