images
images

भारतबाट नेपालमा सयपत्री फूल आयात गर्न नपाइने


  • 747
    SHARES
  • २०८० कार्तिक १५ गते बुधबार

    भारतबाट नेपालमा सयपत्री फूल आयात गर्न नपाइने

    काठमाडौं । भारतबाट नेपालमा सयपत्री फूल आयात गर्न नपाइने भएको छ । बागमती प्रदेश सरकार अन्तर्गतको पुष्प विकास केन्द्रले कार्तिक १ गते देखि अर्को सूचना नआए सम्मको सयपत्री फूलको आयातमा प्रतिबन्ध लगाएको हो । 

    यसपटकको तिहारमा नेपालमा उत्पादन भएको सयपत्रीले नै माग धान्न सकिने केन्द्रद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । 

    ‘यस वर्षको तिहारका लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने देखिएको हुँदा यही कात्तिक १ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि भारतीय सयपत्री मालाको आयात अनुमतिपत्रको सिफारिस जारी गर्ने कार्य बन्द गरिएको छ ।’ पुष्प विकास केन्द्र गोदावरीद्वारा जारी सूचनामा उल्लेख छ ।

    यसैगरी, इजाजतपत्र बेगर भारतीय सयपत्री माला आयात गरिएको भेटिएमा कानुन बमोजिम कारबाही हुने केन्द्रले जनाएको छ  ।

    ‘इजाजतपत्र बेगर आयात गरिएको वस्तु अवैध हुने तथा यस वर्ष सरकारी तथा निजी संस्थाहरुको संयन्त्रबाट अनुगमन कडा गरिने भएको र अवैध सामग्री भेटिएमा कानुन बमोजिम जफत तथा दण्ड सजाय हुन सक्नेछ ।’ सूचनामा भनिएको छ ।

    sayapatri.jpg


    images
    images

    Logo