images
images

डव्ल्यूएचओको क्षेत्रीय निर्देशकमा बंगलादेशकी साइमा वाजेद विजयी 


  • 295
    SHARES
  • २०८० कार्तिक १५ गते बुधबार

    डव्ल्यूएचओको क्षेत्रीय निर्देशकमा बंगलादेशकी साइमा वाजेद विजयी 

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डव्ल्यूएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदमा बंगलादेशकी साइमा बाजेद विजयी भएकी छिन् । नयाँदिल्लीमा बसेको क्षेत्रीय कमिटीको बैठकले बंगलदेशकी राष्ट्रपति शेख हसिनाकी छोरी साइमा बाजेदलाई चयन गरेको हो । 

    उनले नेपालका उम्मेदवार शम्भुप्रसाद आचार्यलाई पराजित गरेकी हुन् । डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर लिस्टे गरी ११ देश सदस्य छन् ।यिनै ११ देशका स्वास्थ्य मन्त्रीहरु पालैपालो क्षेत्रीय अध्यक्ष हुन्छन् । उनीहरुले नै मतदान गरेर वा सहमतिमा क्षेत्रीय निर्देशक चयन गर्दछन् ।

    यसपटक ११ सदस्य राष्ट्रहरूमध्ये म्यान्मारले मत दिन पाउने छैन । त्यहाँ सैनिक शासन रहेको र संयुक्त राष्ट्रसंघले मान्यता नदिएकाले म्यान्मारले मतदान दिन नपाउने भएको हो ।

    यिनै ११ देशका स्वास्थ्य मन्त्रीहरु पालैपालो क्षेत्रीय अध्यक्ष हुन्छन् । उनीहरुले नै मतदान गरेर वा सहमतिमा क्षेत्रीय निर्देशक चयन गर्दछन् ।


    images
    images

    Logo