images
images

२१ फर्ममाथि वाणिज्य विभागको अनुगमन, ५ पसललाई ५६ हजार जरिवाना 


  • 290
    SHARES
  • २०८० कार्तिक १५ गते बुधबार

    २१ फर्ममाथि वाणिज्य विभागको अनुगमन, ५ पसललाई ५६ हजार जरिवाना 

    काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षणले मंगलबार २१ फर्ममाथि अनुगमन गरेको छ । मंगलबार बजार अनुगमनको क्रममा विभागले इलेक्ट्रिकल/इलेक्ट्रोनिक्स, रेडिमेड तथा थान कपडा, गिफ्टका सामान र मिठाइ पसललाई कारवाही गरेको हो । 

    विभागको संयुक्त अनुगमन टोलीले बिल बिजक, दर्ता प्रमाण–पत्र राख्नु पर्ने नराखेको र दर्ता प्रमाण पत्र नराखेको गुणस्तर, परिमाण, मुल्य, नापतौलमा हेरफेर गरेको र अनुगमनको क्रममा असहयोग गरेको अभियोगमा सम्बन्धित पसलबाट यो परिमाणमा आर्थिक जरिवाना गरेको हो ।

    मंगलबार २१ वटा व्यापारिक प्रतिष्ठानमा अनुगमन गरिएको थियो । यसमध्ये कैफियत भेटिएको ५ व्यापारिक प्रतिष्ठानलाई ५६ हजार रुपैयाँ  जरिवाना तिराएको छ भने अन्यलाई सुधार गर्न निर्देशन दिइएको छ ।

    विभागले काठमाडौं र ताहागल्लीमा रहेको इलेक्ट्रिकल/इलेक्ट्रोनिक्स पसललाई १०/१० हजार रुपैयाँका दरले जरिवाना गरेको छ भने रञ्जना गल्लीमा रहेको रेडिमेड तथा थान कपडा पसललाई १५ हजार रुपैयाँ जरिवाना गरेको छ । 

    त्यस्तै, महाबौद्धमा रहेको गिफ्टका सामान पसलालई १० हजार रुपैयाँ जरिवाना गरेको छ भने काठमाडौंमा रहेको मिठाइ पसलालई २० हजार रुपैयाँ जरिवाना गरेको छ । 

    नियमित अनुगमनका क्रममा विभागले विभिन्न पसललाई कागजातसहित विभागमा उपस्थित हुन भनेको छ भने कतिपयलाई सामान्य निर्देशन दिएको छ ।

     


    images
    images

    Logo