काठमाडौं । विश्वका सिर्जनशील शहरको सूचीमा काठमाडौंसहितका ५५ शहर थपिएका छन् । विश्व शहर दिवसको अवसर पार्दै युनेस्कोले मंगलबार सार्वजनिक गरेको ‘सिर्जनशील शहर सञ्जाल’ को सूचीमा काठमाडौं पनि परेको हो ।
युनेस्कोले विश्वभरका शहरलाई शिल्प र लोककला, डिजाइन, चलचित्र, खाना, साहित्य, मिडिया कला र संगीत गरी सातवटा रचनात्मक क्षेत्रमा विभाजन गरेको थियो । त्यसमध्ये काठमाडौं चलचित्रका लागि उक्त सूचीमा समावेश भएको हो ।
काठमाडौं सहित अन्य ५५ शहर थपिएसँगै युनेस्कोको उक्त सञ्जालमा १०० भन्दा बढी देशका ३५० शहरहरु समावेश भएका छन् ।