images
images

बानेश्वरबाट डेढ दर्जन मानवअधिकारकर्मी पक्राउ


  • 280
    SHARES
  • २०८० कार्तिक १२ गते आइतबार

    बानेश्वरबाट डेढ दर्जन मानवअधिकारकर्मी पक्राउ

    काठमाडौं ।  फागुन १ गते जनयुद्ध दिवसका नाममा बिदा दिने निर्णयको खारेजीलगायतका माग राखेर प्रदर्शनमा उत्रिएका मानव अधिकारकर्मी पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी, पूर्व अध्यक्ष उत्तम पुडासैनी, वर्तमान केन्द्रीय अध्यक्ष रामकृष्ण बरालसहित करिब डेढ दर्जन रहेका छन् ।​ संघीय संसद भवनको पश्चिम गेटबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

    उनीहरूले विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पिडितलाई न्याय दिनुपर्ने, पीडकलाई सजाय सुनिश्चित गर्नुपर्ने, संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी विधेयक मानव अधिकारमैत्री बनाउने लगायतका माग राखेका थिए ।


    images
    images

    Logo