काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शनिबार छापावाला सुनको मल्य प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो।
शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड कायम भएको थियो । उक्त रेकर्डलाई ब्रेक गर्दै शनिबार सुनको मुल्य १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख १७ हजार रुपैयाँ कायम भएको छ ।
त्यस्तै, त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ४ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
