images
images

प्राधिकरण गर्यो ४१७ मेगावाटको नलगाड जलविद्युत् आयोजनाको पीपीए 


  • 675
    SHARES
  • २०८० आश्विन २६ गते शुक्रबार

    प्राधिकरण गर्यो ४१७ मेगावाटको नलगाड जलविद्युत् आयोजनाको पीपीए 

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश र नलगाड हाइड्रोपावर कम्पनीबीच सम्झौता भएको छ । उक्त कम्पनीले निर्माण गर्न लागेको ताक्सुगाड जलविद्युत आयोजनाको विद्युत खरिद बिक्रीका लागि दुई निकायबीच सम्झौता भएको हो ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सात मेगावाटको उक्त आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय विद्युत् प्रसारण लाइनमा जोड्नका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको जानकारी दिए । 

    ताक्सुगाड यसै आर्थिक वर्षमा निर्माण प्रक्रियामा जाने उनको  भनाइ थियो । ४ सय १७ मेगावाटको नलगाड जलविद्युत् आयोजना भने निर्माण प्रक्रियामा छ । दुवै आयोजना नलगाड नगरपालिकाभित्र पर्दछन् । नलगाड जलविद्युत् आयोजनाको डिपिआर सकिएसँगै निर्माण चरणमा जानका लागि प्रक्रियागत काम जारी छ ।


    images
    images

    Logo