काठमाडौं । एमसीसी प्रशारण लाइनको टेण्डर रद्द भएको छ । एमसिए नेपालले मूल्यांकनको चरणमा रहेको उक्त टेन्डर प्रक्रिया रद्द गरेर पुनः टेन्डर आह्वान गर्ने भएको हो ।
एमसीए नेपालले प्रशारण लाइन निर्माणका लागि २२ करोड ६ लाख डलर अनुमानित लागत निकालेको थियो । तर न्यूनतम बोलपत्रको रकम ३६ करोड ५९ लाख डलर पुगेको थियो । अनुमानित लागत भन्दा ६१ प्रतिशत बढी रकम पुगेको भन्दै एमसीए नेपालले जेठ ८ गते खुला गरिएको टेण्डर रद्द गरि पुनः अर्को टेण्डर आह्वान गर्ने भएको हो ।