images
images

कालीगण्डकी करिडोरमा पहिरो, सडक अवरुद्ध, यात्रु अलपत्र


  • 759
    SHARES
  • २०८० आश्विन ११ गते बिहीबार

    कालीगण्डकी करिडोरमा पहिरो, सडक अवरुद्ध, यात्रु अलपत्र

    काठमाडौं । काली गण्डकी कोरिडोरमा ठुलो चट्टान सहितको पहिरो खस्दा सडक अवरुद्ध भएको छ । कोरिडोरको रिडी रुद्धवेनी सडक खण्डको  रुरु क्षेत्र गाउँपालिका वडा नम्बर १ विष्णुपन्चरमा बुधवार राती सडक माथिबाट ठुलो चट्टान सहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो । 

    सडक खुलाउनका लागि हेभी इक्युमेन्टका डोजरहरू प्रयोग गरिएको बताउँदै दिउँसो सम्ममा सडक खुलाउन सकिने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । कोरिडोर अवरुद्ध हुँदा लामो तथा छोटो दुरीका सवारी साधन र यात्रु अलपत्र परेका छन् ।


    images
    images

    Logo