काठमाडौं । निर्माण गर्दै विद्युत् उत्पादक कम्पनीले फुकोट कर्णाली अर्धजलाशययुक्त आयोजना निर्माण गर्ने भएको छ । ४८० मेगावाट क्षमताको उक्त आयोजना निर्माणसम्बन्धी विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) तथा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) तयार भइ निर्माणको प्रकृया अघि बढेको हो ।
डीपीआर र ईआईए सकिएसँगै विद्युत् विकास विभागले आयोजनाको सम्बन्धमा कुनै गुनासो भए उजुरी गर्न स्थानीय बासीका नाममा ३५ दिने सूचना जारी गरेको छ । यो अवधि समाप्त भइ प्राप्त उजुरी उपर कारवाही भएसँगै आयोजनासम्बन्धी सबै पूर्वकार्यहरु पूरा हुनेछन् ।
जगदुल्लाले उक्त आयोजना निर्माणका लागि ९२ अर्ब तीन करोड रुपैयाँ लागत अनुमान गरेको छ । उक्त आयोजनाबाट वार्षिक २४४७.८८ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान छ ।