images
images

१०६ मेगावाटको जगदुल्ला अर्धजलाशययुक्त आयोजना निर्माण गर्दै जगदुल्ला हाइड्रोपावर कम्पनी


  • 920
    SHARES
  • २०८० आश्विन ११ गते बिहीबार

    १०६ मेगावाटको जगदुल्ला अर्धजलाशययुक्त आयोजना निर्माण गर्दै जगदुल्ला हाइड्रोपावर कम्पनी

    काठमाडौं । जगदुल्ला हाइड्रोपावर कम्पनीले जगदुल्ला अर्धजलाशययुक्त आयोजना निर्माण गर्ने भएको छ । १०६ मेगावाट क्षमताको उक्त आयोजना निर्माणसम्बन्धी विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) तथा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) तयार भइ निर्माणको प्रकृया अघि बढेको हो । 

    डीपीआर र ईआईए सकिएसँगै विद्युत् विकास विभागले आयोजनाको सम्बन्धमा कुनै गुनासो भए उजुरी गर्न स्थानीय बासीका नाममा ३५ दिने सूचना जारी गरेको छ । यो अवधि समाप्त भइ प्राप्त उजुरी उपर कारवाही भएसँगै आयोजनासम्बन्धी सबै पूर्वकार्यहरु पूरा हुनेछन् । 

    जगदुल्लाले उक्त आयोजना निर्माणका लागि २३ अर्ब रुपैयाँ लागत अनुमान गरेको छ । उक्त आयोजना २०८६ जेठ भित्र तयार गरिसक्ने कम्पनीको प्रस्ताव छ । 

    उक्त आयोजनाबाट वार्षिक ६२३.४७ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान छ । 


    images
    images

    Logo