images
images

नेपाल एयरलाइन्सले रेसुङ्गा विमानस्थलबाट हप्ताको दुई दिन नियमित उडान भर्ने


  • 680
    SHARES
  • २०८० आश्विन ९ गते मंगलबार

    नेपाल एयरलाइन्सले रेसुङ्गा विमानस्थलबाट हप्ताको दुई दिन नियमित उडान भर्ने

    काठमाडौं । नेपाल एयरलाइन्सले गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा दुई दिन नियमित उडान गर्ने भएको छ । यसअघि शुक्रबार मात्रै उडान भर्ने गरेको नेपाल एयरलाइन्सले अब मङ्गलबार पनि उडान गर्ने भएको हो ।

    एयरलाइन्सको जहाजले प्रत्येक शुक्रबार गर्ने गरेको नियमित उडानमा हप्ताको दुई दिन मङ्गलबार र शुक्रबार उडान भर्ने गरी उडान तालिका भएकाले सोही अनुसार आज उडान भरेको छ । 

    आजको उडानमा काठमाडौंबाट १२ जना यात्रु लिएर उडान भरेको विमानले रेसुङ्गाबाट भने एक जना मात्र यात्रु लिएर उडान भरेको छ । मङ्गलबार उडान हुन्छ भन्ने धेरैलाई जानकारी नभएका कारण रेसुङ्गाबाट फर्किदा यात्रु नभएको स्टेशन प्रमुख सुमन थापाले बताए । 

    मौसम सफा भएमा नियमित रुपमा हप्ताको दुई दिन उडान भर्ने तालिका रहेको थापाले बताए ।

    मौसम खराबीका कारण असार पहिलो हप्ताबाट उडान नभरेको विमानले भदौ २९ गतेबाट  नियमित उडान भरेको हो । गत शुक्रबार भने मौसम सफा नभएका कारण एयरलाइन्सले उडान भर्न सकेको थिएन ।

    नेपाल एयरलाइन्सको विमानले प्रत्येक हप्ताको शुक्रबार बिहान ६ः३० बजे काठमाडौंबाट र रेसुङ्गाबाट काठमाडौंका लागि ७ः४० बजे उडान भर्ने गरी समय निर्धारण गरेको छ ।

    काठमाडौंबाट रेसुङ्गाका लागि सात हजार दुई सय र रेसुङ्गाबाट काठमाडौंका लागि सात हजार ८० रुपैयाँ भाडा निर्धारण गरेको छ ।


    images
    images

    Logo