images
images

तमोर हाइड्रोपावरको परीक्षण गर्दा नदीमा पानीको बहाव घटबढ हुन सक्ने, सतर्कता अपनाउन आग्रह


  • 805
    SHARES
  • २०८० आश्विन ५ गते शुक्रबार

    तमोर हाइड्रोपावरको परीक्षण गर्दा नदीमा पानीको बहाव घटबढ हुन सक्ने, सतर्कता अपनाउन आग्रह

    ताप्लेजुङ । ताप्लेजुङस्थित निर्माणाधीन सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले तमोर नदीको बहाव घटबढ हुन सक्ने भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको र निर्माण सम्पन्न भइसकेका संरचनाको परीक्षण कार्य सुरु भएका कारण नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको हो ।

    परीक्षणका क्रममा तमोर नदीमा पानीको बहाव घटबढ हुने र यसबाट हुनसक्ने सम्भावित जोखिमलाई दृष्टिगत गरी आयोजनाले सूचना जारी गर्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको हो । बाँध  तथा अन्डरस्लुस द्वारको निर्माण कार्य सम्पन्न भई सकेकाले नदीको पानीलाई बाँधमा लगाएर परीक्षण सुरु गरेको जनाएको छ । 

    बाँधको अवस्था परीक्षण गरी आवश्यक थप निर्माण तथा मर्मतको कार्य गर्नुपर्ने भएकाले पानी पठाउने र खोल्ने क्रममा जोखिम हुने अर्थात् क्षति गर्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको आयोजनाले जनाएको छ । 

    शनिबारदेखि आउँदो बुधबारसम्म नदी किनारमा मानिस नजान र पशु चौपाया नछोड्न आयोजनाले अनुरोध गरेको छ । सानिमाले ७३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।


    images
    images

    Logo