images
images

प्रधानमन्त्रीको चीन भ्रमण

चीनसँग पोखरा विमानस्थलको ऋण मिनाहा माग्दै सरकार


  • 663
    SHARES
  • २०८० भाद्र २५ गते सोमबार

    चीनसँग पोखरा विमानस्थलको ऋण मिनाहा माग्दै सरकार

    काठमाडौं । देशकै सबैभन्दा महँगो ऋणको रुपमा रहेको पोखरा विमानस्थलको ऋण मिनाह गर्न चीनसँग प्रस्ताव गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा यो प्रस्ताव गर्न लागिएको हो । पोखरा विमानस्थल बनाउन सरकारले  चीनको एक्जिम बैंकबाट उक्त ऋण लिएको थियो । 

    सन् २०१६ मा लिइएको उत्तः ऋणको ग्रेस अवधि ७ वर्ष थियो । गत वर्षदेिख नेपालले सावाँ तथा व्याजको किस्ता भुक्तानी सुरु गरेको छ । गत सरकारले करिब ८५ करोर्ड े रुपैयाँ भुक्तानी गरेको थियो । ६ महिनामा बुझाउनुपर्ने उक्त ऋणको अर्को किस्ता यही असोजमा तिर्नु पर्नेछ । 

    पोखरा विमानस्थलको निर्माण सम्पन्न भए पनि अहिलेसम्म व्यवसायिक रुपमा उडान हुन सकेको छैन । यो अवस्थामा विमानस्थलले व्यवसायिक कमाइबाट सावाँब्याज तिर्नसक्ने अवस्था छैन ।


    images
    images

    Logo