काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १६ वटा निर्णयहरु गरेको छ । मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले धितोपत्र दर्ता तथा निष्काशन (सातौं संशोधन) नियमावली, २०८० संशोधन गर्न स्वीकृति प्रदान गरिएको बताएकी छिन् ।
त्यस्तै,सो बैठकले चिकित्सा शिक्षा आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत निकायहरूका लागि राजपत्राङ्कित श्रेणीका ७४ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । साथै, उमेर, जात र नाम सच्याउने (तेस्रो संशोधन) नियमहरू, २०८० स्वीकृत गर्ने, नेपाल इञ्जिनियरिङ सेवा, केमिकल इञ्जिनियरिङ समूह, राजपत्राङ्कित प्रथम श्रेणी (प्रा.) मा बढुवा गर्ने लगायतका निर्णय गरेको छ ।
माल्दिभ्समा भदौ २३, २०८० (तदनुसार सेप्टेम्वर ९, २०२३), मा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनको अवलोकन गर्न भदौ २१-२६, २०८० सम्मका लागि माननीय निर्वाचन आयुक्त श्री रामप्रसाद भण्डारीको भ्रमण स्वीकृत गर्ने दिने निर्णय साे बैठकले गरेकाे छ ।
त्यस्तै, धुलिखेल अस्पताले ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ३ अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकार गरेकाे छ ।
यस्ता छन् १६ निर्णयहरु :





