images
images

शेयर निष्काशनबाट संकलन हुने रकम जलविद्युतमा लगानी गर्छौं : कुलमान घिसिङ


  • 428
    SHARES
  • २०८० भाद्र १ गते शुक्रबार

    शेयर निष्काशनबाट संकलन हुने रकम जलविद्युतमा लगानी गर्छौं : कुलमान घिसिङ

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङले शेयर निष्काशनबाट संकलन हुने रकम जलविद्युतमा लगानी गर्ने बताएका छन् । शुक्रबार प्रज्ञा प्रतिष्ठानमा आयोजित प्राधिकरणको वार्षिक उत्सव कार्यक्रममा घिसिङले सो बारेमा बताएका हुन् । 

    साउन २५ गते आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित भएपछि विद्युत् प्राधिकरणले पत्रकार सम्मेलन आयोजना गरेको थियो । सो क्रममा प्राधिकरणका निर्देशक कुलमान घिसिङले प्राधिकरणले सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारी गरिरहेको बताएका थिए । 

    वार्षिक उत्सव कार्यक्रममा उनले सर्वसाधारणका लागि शेयर जारी गर्ने प्राधिकरणको तेस्रो चरणको वित्तीय पुनरसंचरना प्रस्ताव स्वीकृतिका लागि सरकारसमक्ष पेश गरिएको जानकारी दिएका थिए । 

    उनले प्राधिकरणको सम्पूर्ण सम्पत्तिको वास्तविक मूल्यांकन गराउँदा क्रेडिट र रेटिङ गर्ने संस्था इक्रा नेपालले प्राधिकरणको समग्र अवस्थाको अध्ययन गरी डबल ए प्लस रेटिङ दिएको बारे बताएका थिए । 

    उनले केही वर्षयता प्राधिकरण निरन्तर नाफामा रहेको दावी गरे । गत आर्थिक वर्षमा वार्षिक १२ अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरी संचित नाफा ३६ अर्ब ६६ करोड पुगेको उनको भनाइ छ ।


    images
    images

    Logo