images
images

लाङटाङ हाइड्रोपावरको सुरुङ निर्माण सकियो


  • 351
    SHARES
  • २०८० श्रावण २९ गते सोमबार

    लाङटाङ हाइड्रोपावरको सुरुङ निर्माण सकियो

    काठमाडौं ।  रसुवाको लाङटाङमा निर्माणाधीन २० मेगावाट क्षमताको लाङटाङ जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सकिएको छ । आयोजनाले ३.८ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न गरेको हो । 

    गोसाइकुण्ड गाउँपालिका–५ स्याफ्रुबेसीस्थित लाङटाङ खोलामा रहेको विद्युत्गृहसम्म सुरुङ निर्माण गरिएको निर्माण कम्पनी आरएम समूहका सचिव जनार्दन अर्यालले जानकारी दिए । आयोजना निर्माण दुई वर्षअघि कोभिड महामारीका बेला सुरु भएको थियो ।
     
    आयोजनाको सुरुङ विद्युतगृह निर्माण र हाइड्रो मेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्तिको काम भइरहेको तथा सामान आएलगत्तै जडान सुरु हुने अर्यालले बताए । अहिलेसम्म आयोजनाको भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ६५ प्रतिशत पुगेको छ । 

    आयोजनाको सबै प्याकेजको निर्माण वाइवा इन्फ्राटेकले गरिरहेको छ । लक्ष्मी सनराइज बैंकको नेतृत्वमा कुमारी र सिद्धार्थ बैंक तथा आरएम समूहको लगानीमा आयोजनाको वित्तीय व्यवस्थापन गरिएको छ ।

    आयोजनाको लागत २ अर्ब ७३ करोड रुपैयाँ छ । जसमा सनराइज बैंकले १ अर्ब ५० करोड रुपैयाँ, सिद्धार्थ बैंकले ५४ करोड रुपैयाँ, कुमारी बैंकले ३० करोड रुपैयाँ र बाँकी आरएम समूहले लगानी गर्ने गरी वित्तीय व्यवस्थापन गरिएको कम्पनीले जनाएको छ । 

    एक वर्षभित्र आयोजना निर्माण सम्पन्न गरी उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य राखिएको  सो समूहका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।


    images
    images

    Logo