images
images

पहिरो पन्छाएपछि त्रिभुवन राजपथ सुचारु, हेटौँडा काठमाडौं जोड्ने दुई मार्ग अझै अवरुद्ध


  • 396
    SHARES
  • २०८० श्रावण २८ गते आइतबार

    पहिरो पन्छाएपछि त्रिभुवन राजपथ सुचारु, हेटौँडा काठमाडौं जोड्ने दुई मार्ग अझै अवरुद्ध

    काठमाडौं । शनिबारबाट परेको अविरल वर्षापछि आएको पहिरो खसेर अवरुद्ध बनेको त्रिभुवन राजपथ सुचारु भएको छ ।  त्रिभुवन राजपथको भीमफेदी गाउँपालिका–९ स्थित लामिडाँडामा पहिरो आएर राजपथ आइतबार बिहानैबाट अवरुद्ध बनेकोमा पहिरो पन्छाएर दिउँसोबाट सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

    हेटौँडा काठमाडौं जोड्ने अन्य २ मार्ग भने पहिरोका कारण अझै बन्द नै छ । पहिरोका कारण कान्ति लोकपथ र भीमफेदी हुँदै कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ भएर काठमाडौं जोड्ने सडक अवरुद्ध बनेको हो ।


    पहिरोका कारण भीमफेदी कुलेखानी सिस्नेरी काठमाडौं सडक खण्ड बन्द रहेको छ । वर्षाका कारण इन्द्र सरोवर गाउँपालिका–२ मा सडकको माथिल्लो भागबाट खसेको पहिरोका कारण सो सडक खण्ड बन्द भएको र वर्षा भइरहेकाले पहिरो पन्छाउने सकिएका छैन ।

    यता कान्ति लोकपथ अन्तर्गतको ललितपुरको भट्टेडाँडा नजिक खसेको पहिरो हटाउन सकिएको छैन । सो सडक खण्ड अन्तर्गत पर्ने बागमती गाउँपालिका–३ टाकुर्चे र पाङ्दुर खोलामा पहिरो खसेको र अहिले पनि वर्षा भइरहेकाले पहिरो खस्न नरोकिएकाले सडक संचालनमा ल्याउन सकिएको छैन । 

     


    images
    images

    Logo