images
images

प्राधिकरणले कमायो १२ अर्ब ३३ करोड नाफा, सर्वसाधारणलाई आईपीओ जारी गर्ने


  • 374
    SHARES
  • २०८० श्रावण २५ गते बिहीबार

    प्राधिकरणले कमायो १२ अर्ब ३३ करोड नाफा, सर्वसाधारणलाई आईपीओ जारी गर्ने

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको छ । आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुगेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

    आर्थिक वर्ष २०७७/७८ मा प्राधिकरणको नाफा ६ अर्ब १० करोड रूपैयाँ रहेको थियो । आर्थिक वर्ष २०७८/७९ मा खुद नाफा बढेर १३ अर्ब ३७ करोड पुगेको थियो । प्राधिकरणले विद्युत बिक्री र अन्यबाट गर्ने आम्दानी २ वर्ष अघि करिब ८१ अर्ब रूपैयाँ रहेकोमा अहिले बढेर करिब १ खर्ब १८ अर्ब पुगेको जनाइएको छ । प्राधिकरणको सञ्चित नाफा ११ अर्बबाट बढ्दा ३६ अर्ब ६७ करोड रूपैयाँ पुगेको छ ।

    प्राधिकरणले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । प्राधिकरणका निर्देशक घिसिङले प्राधिकरणले सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारी गरिरहेको बताएका हुन् । उनका अनुसार विद्युत प्राधिकरण ऐन २०४१ अनुसार सेयर जारी गर्न लागिएको हो । 


    images
    images

    Logo