काठमाडौं । काम सकिँदासमेत सरकारले रकम भुक्तानी नगरेको भन्दै बिहीबार पनि निर्माण व्यवसायीहरुले सरकारविरुद्ध प्रर्दशन गरेका छन् । दोस्रो चरणको आन्दोलन अन्तर्गत निर्माण व्यवसायीको अगुवाइमा निर्माण व्यवसायीहरुले बिजुलीबजारमा प्रदर्शनी गरेका हुन् ।
व्यवसायीहरूको अर्बौं रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायीमैत्री ऐन नियम लागू हुनुपर्ने, निर्माण व्यवसायीको माग सम्बोधनका लागि उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्नेलगायतका माग राखी व्यवसायीहरू साउन १४ देखि निरन्तर आन्दोलनमा छन् ।
महासंघको निर्देशन अनुसार राजधानी केन्द्रित आन्दोलन सफल पार्न देशभरका व्यवसायीहरू राजधानी आएका छन्। दोस्रो चरणको आन्दोलनलाई आगामी शुक्रबारसम्म जारी रहने महासंघले जनाएको छ।



