images
images

निर्माण व्यवसायीको आन्दोलनमा एफएनसीसीआईको ऐक्यवद्धता


  • 335
    SHARES
  • २०८० श्रावण १७ गते बुधबार

    निर्माण व्यवसायीको आन्दोलनमा एफएनसीसीआईको ऐक्यवद्धता

    काठमाडौं । निर्माण व्यवसायीहरुको आन्दोलनमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले ऐक्यवद्धता जनाएको छ । बुधबार प्रेस विज्ञप्ती जारी गर्दै एफएनसीसीआईले कार्यप्रगति भएका आयोजनाको समेत नियमित भुक्तानी नहुँदा वित्तीय प्रणाली र समग्र अर्थतन्त्रमै असर पुगेको भन्दै यसबारे संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराएको हो । 

    हाल कूल गार्हस्थ उत्पादनमा निर्माण क्षेत्रको ठूलो योगदान रहेको भन्दै विकास निर्माण र सर्वसाधारणको जीवनयापनसँग समेत जोडिएका परियोजना रोकिँदा सरकारको पँुजीगत खर्च पनि हुन नसकेको र जनताले पनि सुविधा पाउन नसकेको उल्लेख गरेको छ । यो वर्ष सरकारले पूँजीगत खर्च ६१ प्रतिशत गर्न सकेको भन्दै यसले राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा पनि सकारात्मक सन्देश नगएको जनाएको छ । 

    निर्माण, उद्योग र थोक व्यापार नकारात्मक हुँदा अर्थतन्त्र मन्दीमा गएको छ र यसबाट बैंक वित्तीय संस्था, सिमेन्ट, छड जस्ता निर्माण सामाग्री उत्पादक र सरकारको राजश्वमा पनि गम्भीर असर परेको महासंघको तर्क छ । यो वर्ष १३ प्रतिशत राजश्व घट्नु र उद्योगहरू ३०/३५ प्रतिशत क्षमता सञ्चालन हुनुको पछाडी यो क्षेत्रको समस्या समेत प्रमुख कारण रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

    यस्तो अवस्थालाई ध्यानमा राख्दै निर्माण व्यवसायीका जायज माग सम्बोधन गर्न महासंघले सरकारसँग माग गरेको छ ।


    images
    images

    Logo