images
images

आईओसीले बढाएर पठायो पेट्रोलियम पदार्थको मुल्य 


  • 4.2K
    SHARES
  • २०८० श्रावण १६ गते मंगलबार

    आईओसीले बढाएर पठायो पेट्रोलियम पदार्थको मुल्य 

    काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसुची पठाएको छ । नयाँ सुचीअनुसार पेट्रोलको मुल्य प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा बढेको छ भने डिजेलको मुल्य ६ रुपैयाँ ६१ पैसाले बढेर आएको हो ।  

    १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने सहमति अनुरुप आईओसीले निगमलाई नयाँ सूची आज पठाएको हो । ग्यासको मूल्य भने प्रतिसिलिण्डर करिब १ सय रुपैयाँ घटेर आएको छ । 

    आईओसीले पठाएको सूचीअनुसार नै नेपालमा पनि स्वचालित प्रणालीबाट मूल्य समायोजन हुनेछ । निगमले गत साउन १ गते देखि स्वचालित मूल्य प्रणाली लागू गरेकाले अब डिजेल र पेट्रोलको मूल्य बढ्ने भएको छ भने ग्यासको घट्ने छ ।  यद्यपि, निगमले औपचारिक घोषणा भने गरेको छैन ।अहिले पेट्रोलको मूल्य १ सय ६३ रुपैयाँ र डिजेलको मूल्य १ सय ४५ रुपैयाँ रहेको छ । 

     

     

     


    images
    images

    Logo