images
images

गत आर्थिक बर्षको व्यापार घाटा साढे १४ खर्ब, आयात र निर्यात दुवै घट्यो


  • 387
    SHARES
  • २०८० श्रावण ८ गते सोमबार

    गत आर्थिक बर्षको व्यापार घाटा साढे १४ खर्ब, आयात र निर्यात दुवै घट्यो

    काठमाडौं । गत आर्थिक बर्ष २०७९/८० को व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार अघिल्लो आर्थिक बर्ष २०७८/७९ को तुलनामा गत आर्थिक बर्षको नेपालको वैदेशिक व्यापार घाटामा १५.४५ प्रतिशतले कमि आएको हो । तर अधिल्लो आर्थिक बर्षको सोही अवधिमा १७ खर्ब २० अर्ब रुपैयाँ थियो । 

    भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार आयात १६.०८ प्रतिशतले र निर्यात २१.४४ प्रतिशतले घटेको छ । विभागका अनुसार असारसम्ममा नेपालले १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ बराबराबको आयात गरेको छ भने १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ ।

    आर्थिक बर्ष २०७८/७९ को  सोही अवधिमा आयात १९ खर्ब २० अर्ब रुपैयाँ भएको थियो भने  निर्यात २ खर्ब  रुपैयाँ निर्यात गरेकाे थियो । तर गत वर्षको सोही अवधिको आयात निर्यात अनुपात ६.८३ प्रतिशतले बढेको छ ।  

     

     

     

     


    images
    images

    Logo