images
images

प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ठगी गर्ने २ जना पक्राउ


  • 299
    SHARES
  • २०८० श्रावण ८ गते सोमबार

    प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ठगी गर्ने २ जना पक्राउ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुशासन सल्लाहकार हुँ भन्दै ठगी गर्ने २ जनालाई प्रहरीले काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको छ ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीबाट पक्राउ पर्नेमा काठमाडौँको नागर्जुन बस्ने ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र २३ वर्षीय विशाख खनाल रहेका छन् । उनीहरुले प्रधानमन्त्रीको सल्लाहकार भएको र प्रमुख नेताहरुसँग चिनजान रहेकाले विभिन्न कम्पनी तथा व्यवसायमा सहभागी गराउने भनी झुटा आश्वासन दिएर ठगी गरेका खुल्न आएको छ । पीडितहरुलाई विभिन्न कागजातमा सहीछाप गराई उनीहरुले ४५ लाख रुपैयाँ बढी रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

    यसरी रकम ठगी गरी उनीहरुले पीडितको ना४च ८६७० नंको स्कारपियो गाडीसमेत लिएर फरार भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।  

    उनीहरुविरुद्ध इलाका प्रहरी कार्यालय दमक, झापामा ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भई जिल्ला अदालत भद्रपुर झापाबाट पक्राउ पुर्जी जारी भएकाले जिल्ला प्रहरीको अनुरोधमा आरोपीहरुलाई आज पक्राउ गरिएको उनले बताए । उनीहरुलाई थप कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमक, झापा पठाइएको छ । 


    images
    images

    Logo