काठमाडौं । नयाँ उद्योगमन्त्रीमा सुनसरी–४ का सांसद दीपककुमार साह सिफारिस भएका छन् ।
प्रधानमन्त्री बालेन शाहले साहलाई उद्योगमन्त्री नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका हुन् । यसअघि उद्योगमन्त्री रहेकी गौरीकुमारी यादवले राजीनामा दिएपछि उनको स्थानमा साहको नाम सिफारिस गरिएको हो ।
साहको नाम राष्ट्रपति कार्यालयमा पठाइएको छ । उनी अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका छन् ।
साह चुनावअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका थिए । यसअघि उनी सीके राउत नेतृत्वको जनमत पार्टीमा आबद्ध थिए । जनमत पार्टीबाट निष्काशित भएपछि उनले आफ्नै दल गठन गरेका थिए ।