काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार छापावाला सुनको मूल्य १ लाख १२ हजार रुपैयाँ कायम भएको छ ।
आइतबार १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख १२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ४ सय ६० रुपेयाँ कायम भएको महासंघले जनाएको छ ।