काठमाडौं । काठमाडौं सोह्रखुट्टेमा मोटरसाइकल दुर्घटना परेको छ । आइतबार बिहान काठमाडौं महानगरपालिका १६ सोह्रखुट्टे उकालोमा बा.४ ख ७४११ नम्बरको गाडीमुनी बा.६४ प ४९३२ नम्बरको मोटरसाइकल पसेर सो दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक नुवाकोट वेलकोटगढी नगरपालिका ९ घर भई हाल काठमाडौं बालुवाटार बस्ने २३ वर्षीय शिव सुन्दर गजुरेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँबजारस्थित पिपुल्स अस्पतालमा उपचारको क्रममा मृत्यु
भएको हो ।
हाल गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।