images
images

सुन तस्करी प्रकरणमा आइतबार थप ६ जना पक्राउ


  • 524
    SHARES
  • २०८० श्रावण ७ गते आइतबार

    सुन तस्करी प्रकरणमा आइतबार थप ६ जना पक्राउ

    काठमाडौं ।  राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन तस्करीमा संलग्न रहेको भन्दै थप ६ जनालाई पक्राउ गरेको छ । आइतबार विभागले विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ गरेको हो । 

    यसरी पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ रहेका छन् । त्यस्तै, भन्सार पास गराउने भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा पनि आज पक्राउ परेका हुन् । 

    जसको नाममा सुन आएको थियो त्यही कम्पनीको सामान यसअघि पनि ल्याउने र लैजाने कार्यमा सक्रिय रहेको देखिएपछि उनीहरूलाई पक्राउ गरिएको हो । 

    यसअघि सोही प्रकरणमा विभागले १० जनालाई पक्राउ गरिसकेको छ । यो सँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ । गत बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले हङ्कङबाट ल्याइएको झण्डै १०० किलो सुन बरामद गरेको थियो । 

     


    images
    images

    Logo