images
images

राष्ट्रिय परिचयपत्रलाई ग्राहक पहिचान प्रणालीमा आवद्ध गरिने


  • 297
    SHARES
  • २०८० श्रावण ७ गते आइतबार

    राष्ट्रिय परिचयपत्रलाई ग्राहक पहिचान प्रणालीमा आवद्ध गरिने

    काठमाडौं । सरकारले नेपाली नागरिकलाई अनिवार्य रुपमा अगाडि बढाएको राष्ट्रिय परिचयपत्रलाई अब व्यवहारिक रुप प्रदान गर्ने भएको छ । 
     
    परिचयपत्रमा समावेश भएको विवरणलाई अन्य सरकारी काम कारबाहीमा सहज बनाउने ध्येयका साथ केन्द्रीय ग्राहक पहिचान प्रणालीमा आवद्ध गरिने भएको हो । 

    नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिमा राष्ट्रिय परिचयपत्रलाई व्यवहारिकता प्रदान गर्ने व्यवस्था गरेको छ ।

    मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्था तथा अन्य भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरुबीच ग्राहकको सूचना आदानप्रदान गर्न र राष्ट्रिय परिचयपत्र समेतलाई केन्द्रीय ग्राहक पहिचान प्रणालीमा आवद्ध हुनेगरी त्यस्तो प्रणालीको निर्माण तथा कार्यान्वयन गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने व्यवस्था गरेको हो ।


    images
    images

    Logo