काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर कर्जाको जोखिम भार नघट्ने प्रष्ट पारेका छन् । मौद्रिक नीतिपछि आयोजित पत्रकार सम्मेलनमा जोखिम भार पुनरावलोबन भनेको भार घटाउन लागेको रुपमा नबुझ्न उनले आग्रह गरे ।
‘हामीले २ वर्षअघि नै २५ लाखसम्मको शेयर कर्जाको हकमा १०० प्रतिशत र त्यसभन्दा धेरैको हकमा १५० प्रतिशत जोखिमभार राखेका थियौं । यसलाई २५ लाखको ठाउँमा ५० लाख बनाउने भन्ने निर्णय भएको हो । घटाउन लागेको होइन,’ उनले भने ।
जोखिम भार पुनरावलोकन गर्ने नीतिसँगै शेयर बजार उच्च अंकमा बढेको थियो । फलस्वरुप आजको बजार ६३ अंक बढेर बन्द भएको थियो । गभर्नरको यो भनाइसँगै मौद्रिक नीति हेरेर शेयर कारोबार गर्नेहरु जिल्लिएका छन् ।