images
images

जोखिम भार हटाउँदा १२ करोडको नीतिलाई किन छोएन राष्ट्र बैंकले ?


  • 530
    SHARES
  • २०८० श्रावण ७ गते आइतबार

    जोखिम भार हटाउँदा १२ करोडको नीतिलाई किन छोएन राष्ट्र बैंकले ?

    काठमाडौं । मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले शेयर, रियल स्टेट र हायर पर्चेज कर्जाको जोखिम भारमा पुनरावलोकन गर्ने उल्लेख गर्यो । यो भनेको हाल रहेको जोखिम भारलाई घटाएर कर्जा प्रवाह सहज बनाउने भनेको हो । यो व्यवस्थालाई बजारका जानकारहरु शेयर बजारप्रति राष्ट्र बैंकको धारणा फेरिएको रुपमा अथ्र्याउने गरेका छन् । 

    कतिपयको राय भने भिन्न छ । बैंकिङ प्रणालीमा अधिक तरलता रहेको अवस्थामा बैंकहरुको कर्जा नै प्रवाह नहुन थालेपछि राष्ट्र बैंकले शेयर बजारप्रति सकारात्मक भएको जस्तो गरेको समेत उनीहरुको भनाइ छ । तर, लगानीकर्ताहरुले लामो समयदेखि माग गर्दै आएको शेयर धितोमा १२ करोड रुपैयाँसम्म मात्रै कर्जा लिन पाउने नीति भने राष्ट्र बैंकले यथावत नै राखेको छ । 

    यसअघि एउटा बैंकबाट ४ करोड र सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँ मात्रै ऋण लिन पाउने व्यवस्था थियो । मौद्रिक नीतिका अर्धवार्षिक समीक्षामा राष्ट्र बैंकले ४ करोडको नीति हटायो । यसले धेरै बैंकबाट कर्जा लिनपर्ने अवस्था अन्त्य त गराएको थियो । अहिले बैंकमा लगानी गर्न योग्य कर्जा प्रशस्त भएको अवस्थामा यो सीमा हट्नसक्ने आशा धेरैको थियो ।

    तर, यो विषय यथावत राखेर राष्ट्र बैंकले २ वटा सन्देश दिन खोजेको देखिन्छ । पहिलो यसले बैंकहरुलाई मध्यम वर्गमा शेयर कर्जा प्रवाह गर भन्ने सन्देश दिएको छ । अहिले १२ करोडको सीमा हटाउँदा यसबाट लाभ पुग्ने सम्पन्न वर्गलाई हो जसको पहुँच बैंक वित्तीय संस्थादेखि सरकारसम्म हुन्छ । त्यसो त त्योभन्दा धेरै सीमामा ऋण दिँदा ऋण डिफल्ट भएको अवस्थामा नउठ्ने पछि नउठ्ने सम्भावना पनि बढी हुन्छ । त्यसैले एकपटक ट्रयाकमा आइसकेको विषयलाई फेरि खुला गरेर भविष्यमा जोखिम नलिने प्रष्ट संकेत राष्ट्र बैंकले गरेको छ । 

    दोस्रो शेयर बजार १८ सयको तहसम्म आएर अहिले २१÷२२ सयको हाराहारीमा पुगेको छ । यो उतारचढाव धेरैपटक भइसकेकोले यो हाराहारीको विन्दुमा बजार परिपक्व भएको राष्ट्र बैंकको बुझाइ छ । अहिलेकै अवस्थामा जोखिम भार घटाउँदा जोखिम नहुने राष्ट्र बैंकको बुझाइ देखिन्छ । यसैले अहिलेको खुकुलो नीति राष्ट्र बैंकको शेयर बजारबारे धारणा परिवर्तन भएको रुपमा नबुझ्न घुमाउरो सन्देश पनि राष्ट्र बैंकले दिएको देखिन्छ ।


    images
    images

    Logo