काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातका चालक र सहचालकले अब अनिवार्य पोसाक, परिचयपत्र अनिवार्य लगाउनु पर्ने र सवारी साधनको सफाई अनिवार्य गनुपर्ने भएको छ ।
आइतबार यातायात व्यवस्था विभाग र सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा यातायातमन्त्री प्रकाश ज्वालाले पोसाक र परिचयपत्र वितरण गर्दै उक्त नियम अनिवर्य रुपमा पुरा गनुपर्ने बताएका हुन् ।
मन्त्रालयले सार्वजनिक यातायातमा अब पोसाक र सफाई अभियान सञ्चालन हुने भएको छ ।