images
images

सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका थप एक कर्मचारी निलम्बित


  • 423
    SHARES
  • २०८० श्रावण ६ गते शनिबार

    सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका थप एक कर्मचारी निलम्बित

    काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका थप एक कर्मचारी निलम्बित भएका छन् ।  भन्सार कार्यालयका नायब सुब्बा सरोज श्रेष्ठ निलम्बनमा परेका हुन् ।

    भन्सार विभागले यसअघि कार्यालयका दुई जना कर्मचारीलाई निलम्बन गरिसकेको छ । भन्सार जाँचपास अधिकृत सन्तोष चन्द र जाँचकी कुमार ढकाललाई निलम्बन गरेको थियो ।यो प्रकरणमा निलम्बनमा पर्ने श्रेष्ठ तेस्रो कर्मचारी हुन्  । 

    मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना पाएपछि राजश्व अनुसन्धान विभागले गरेको कारबाहीको क्रममा बरामद भएको थियो । यस प्रकरणमा चिनियाँ नागरिकसहित १० जनालाई पक्राउ परेका छन् । भन्सार कार्यालयका कर्मचारीको संलग्नता छानबिन गर्न विभागले अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा टोली गठन गरेको छ ।


    images
    images

    Logo