काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधिका लागि भारत र पाकिस्तान भिड्ने भएका छन् । शुक्रबार भएको पहिलो सेमिफाइनलमा श्रीलंका ‘ए’लाई ६० रनले पाखा लगाउँदै पकिस्तान ए’ ले फाइनलमा स्थान पक्का गरेको हो ।
शुक्रबारनै सम्पन्न दोस्रो सेमिफाइनलमा
बंगलादेश ए’लाई ५१ रनले पराजित गर्दै भारत ए’ले पाकिस्तानसंगको भेट पक्का गरेको हो । पहिलो सेमिफाइनलमा ३२३ रनको लक्ष्य पछ्याएको श्रीलंका ४५ दशमवल ४ ओभरमा २६२ रनमा अलआउट भयो।
श्रीलंकाका दुई जना ब्याट्सम्यान शतक नजिक पुगे पनि टोलीको हार टार्न सकेनन् । श्रीलंकाका लागि अविस्का फर्नान्डो र सहन अराचचिजले समान ९७ रन बनाए। पाकिस्तानका अर्सद इकबालले ५ तथा मुबासिर र सुफियान मुकिमले समान २–२ विकेट लिए।
शुक्रबार नै भएको अर्को सेमिफाइनलमा बंगलादेश ‘ए’लाई ५१ रनले हराउँदै भारत ए फाइनमा पुगेको हो। भारतले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको बङ्गलादेश ३४ ओभर २ बलमा १ सय ६० रनमै अलआउट भयो। उपाधि भिडन्त आइतवार दिउसो १ वजे हुनेछ ।



