images
images

सर्वोच्चको आदेशमा थुनामुक्त सचिव राउतले कामकाज गर्न पाउने


  • 255
    SHARES
  • २०८० श्रावण ६ गते शनिबार

    सर्वोच्चको आदेशमा थुनामुक्त सचिव राउतले कामकाज गर्न पाउने

    काठमाडौं । सर्वोच्च अदालतले  आदेशमा थुनामुक्त भएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले कामकाज  गर्न पाउने भएका छन् । सो आदेश अनुसार राउत आइतबारदेखि नियमित काममा फर्किने भएका छन् ।
     
    ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका राउतलाई न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले शुक्रबार थुनामुक्त गर्न आदेश दिएको थियोे । राउतले अन्य सचिव सरह कामकाज गर्न पाएपनि अदालतको आदेश विना विदेश जान भने पाउने छैनन् ।  

    राउतले शाखा अधिकृत हुँदा बालुवाटार जग्गा प्रकरणको मुद्दासँग सम्बन्धित विषयमा नेपाल सरकार मन्त्रिपरिषदमा प्रस्ताव पठाएको भन्दै सिआइभीले नियन्त्रणमा लिएको थियो । भवन निर्माण सम्भार डिभिजन कार्यालयबाट पेस भई आएको फाइलमा पेस भएबमोजिम भूलसुधार हुन आवश्यक निर्णयार्थ भनी मिति २०६७।०३।१७ मा राउतले टिप्पणी पेस गरेको भन्दै अनुसन्धान तानिएका थिए । 

    सो मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  २०७६।१०। २२ मा हाललाई मुद्दा नचलाउने भनी निर्णय गरेको थियो।  निवेदकलाई थुनामै राखी अनुसन्धान गर्नु पर्नेसम्मको आधार, कारण र औचित्य नदेखिएपछि राउतलाई थुनामुक्त गर्न आदेश दिइएको हो ।

     

     


    images
    images

    Logo