काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।
शनिबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ८२ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ४२ पैसा कायम रहेको छ । शुक्रबार डलर १ सय ३१ रुपैयाँ ४८ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४५रुपैयाँ ५४ पैसा र बिक्रीदर १ सय ४६ रुपैयाँ २० पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६८ रुपैयाँ ३ र बिक्री दर १ सय ६८ रुपैयाँ ८० पैसा रहेको छ।
