images
images

दुर्घटना न्युनिकरणमा कामना सेवा विकासको साथ


  • 227
    SHARES
  • २०८० श्रावण ५ गते शुक्रबार

    दुर्घटना न्युनिकरणमा कामना सेवा विकासको साथ

    काठमाडौँ । काठमाडौं उपत्यकामा दुर्घटना न्युनिकरण गर्ने उदेश्यले कामना सेवा विकास बैंकले ट्राफिक प्रहरीलाई दुई सय थान कोन प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई सडकमा राख्ने कोन प्रदान गरेको हो । 

    शुक्रबार ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आयोजित कोन हस्तान्तरण कार्यक्रमलाई सम्बोधनगर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले सानो सहयोगले सर्वसाधारणलाई सडक अनुशासन सिकाउन र दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने भनाइ रहेको छ । 

    कामना सेवा बिकास बैंकले गरेको सहयोगले ट्राफिक आवागमनलाई सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डीआइजी पोषराज पोखरेलले पछिल्ला समय ट्राफिक प्रहरी आधुनिक प्रबिधि जडान गरेर दुर्घटना न्युनिकरण गर्ने अभियानमा लागेको बताए । 

    कोन हस्तान्तरण कार्यक्रममा कामना सेवा बिकास बैंकका चिफ अपरेटिङ्ग अफिसर विकास ढुङ्गाना, बैंकका एडमिन तथा ब्रान्डिङ्ग हेड सुशील पौडेल, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्ट, प्रहरी उपरिक्षक सन्तोष आचार्य लगायतका अधिकारीको उपस्थिति रहेको थियो ।


    images
    images

    Logo