काठमाडौं । बालुवाटारको ललिता निवास प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्ति गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले सो आदेश दिएको हो ।
सर्वोच्चले राउतलाई अनुसन्धान नसकिएसम्म मुलुक बाहिर जान नपाउने गरी थुनामुक्त गरेको छ । राउतका परिवार बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च गएका थिए । बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनुवाइपछि सर्वोच्चले राउतलाई थुनामुक्त गर्न आदेश दिएको हो ।