काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक (डीएसपी) बढुवाका लागि सिफारिस गरेको छ । बिहिबार बसेको बढुवा समितिको बैठकले १६ जना प्रहरी निरीक्षकलाई प्रहरी नायब उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो ।
प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सञ्चारतर्फका १ जना, प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, चिकित्सकतर्फका १४ जना र प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सूचना प्रविधी÷कम्प्यूटरतर्फका १/१ जना गरि १६ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको छ ।
यसरी बढुवा सिफारिसमा पर्नेमा अजय कुमार जयसवाल, रमा विष्ट, रुजु के.सी, श्रीविन्दु शर्मा, उमेश कष्ण कुबँर, रन्जना यादव, ज्ञानेन्द्र चौधरी, श्याम कृष्ण लौडारी, नारायण प्रसाद अधिकारी, प्रयास विडारी, सीता पौडेल, सन्देश लामिछाने, आशिष मोहोरा भट्टराई, पुनम पाठक, जित नारायण यादव रहेका छन् ।






