images
images

एकैदिन ३१ सय भन्दा बढी सवारी चालक कारवाहीमा


  • 311
    SHARES
  • २०८० श्रावण ५ गते शुक्रबार

    एकैदिन ३१ सय भन्दा बढी सवारी चालक कारवाहीमा

    काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ३ हजार १ सय ९७ जना सवारी चालक कारवाहीमा परेका छन् । टाफिक नियम उल्लङ्घन गरेको कारणले उनीहरुलाई विहीबार बुधबार उपत्यकाको विभिन्न स्थानबाट कारवाही गरिएको काठामाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

    कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ९३ जना, लेन अनुशासन पालना नगर्ने २ सय ३० जना, रेड लाइडमा सवारी साधन चलाउने ९१ जना, निषेधित क्षेत्रमा हर्न बजाउने २३  र नम्बर प्लेट राम्रोसँग नराख्ने २५ जना, लिडारगन ३ सय ५८ जना चालक रहेका छन् ।  यस्तै २ हजार ३ सय ७७ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।

     

     


    images
    images

    Logo